site stats
बाह्रखरी :: Baahrakhari
देश
टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा

काठमाडौं । साइबर कसुरमा पक्राउ परेका  टिकटकर रमा बस्नेत धरौटीमा छुटेकी छन् । बस्नेतलाई काठमाडौं जिल्ला अदालतले ३० हजार रुपैयाँ लिएर धरौटीमा छाड्ने आदेश दिएको हो ।

खोटाङको हलेसीतुवाचुङका नगरपालिका–६ का बस्नेतलाई साइबर ब्युरोको टोलीले असार १ गते भक्तपुरबाट पक्राउ गरेको थियो । 

उनीमाथि नियोजित रूपमा जातीय एवं साम्प्रदायिक भावनामा खलल पुर्‍याउने साथै प्रतिष्ठित व्यक्तिको चरित्र हत्या गर्ने खालका तथ्यहिन विषय उठाउने गरेको आरोप लागेको थियो ।

सोही कसुरमा बस्नेतलाई ब्युरोको टोलीले पक्राउ गरेर विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरेको थियो ।

 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्