site stats
बाह्रखरी :: Baahrakhari
देश
तुइन खोला पुलनजिकै पहिरो : मुग्लिन–नारायणगढ सडक अवरुद्ध
तस्बिर : ईश्वर क्षेत्री/सडक डिभिजन भरतपुर ।

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड मंगलबार (असार ३) अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै खसेको सुक्खा पहिरोका कारण राजमार्ग दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

पहिरो हटाउने कार्य थालिएको छ । थप पहिरो नखसे दुई/तीन घण्टाभित्र सवारी आवागमन सञ्चालनमा ल्याइने सडक डिभिजनले जनाएको छ ।

“मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै गएको सुक्खा पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ,” सडक डिभिजनले मंगलबार मध्याह्न सवा १२ बजे जारी गरेको सूचनामा उल्लेख छ, “उक्त स्थानमा पहिरो फाल्ने मेसिन सञ्चालन भइसकेको छ । माथिबाट थप पहिरो नखसे अबको दुई–तीन घण्टाभित्र सडक सञ्चालनमा आउने जानकारी गराउँदछौँ ।”

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्