site stats
बाह्रखरी :: Baahrakhari
खेल
हङकङ र लाओसविरुद्धको खेलका निम्ति राष्ट्रिय टोली घोषणा

काठमाडौं । हङकङविरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटका निम्ति नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । 

सोमबार नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका प्रशिक्षक म्याट रोसले मैत्रीपूर्ण खेल र एसियन कप छनोटका निम्ति २३ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका हुन् । 

अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार टोलीमा गोलकिपरमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की छन् । 

त्यसैगरी टोलीमा अभिषेक लिम्बू, अनन्त तामाङ, अञ्जन विष्ट, आरिक विष्ट, आयुष घलान, विमल पाण्डे, जिलेस्पीजंग कार्की, कृतिशरत्न छुँजु, कुशल देउवा, लकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रोहित चन्द, सनिश श्रेष्ठ, रोहन कार्की, सुमन श्रेष्ठ, श्रीजन राज गौतम, सुमन श्रेष्ठ, सुबास ठकुरी बम र योगेश गुरुङ छन् । 

नेपालले आगमी जुन ५ मा हङकङसँग उसकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसैगरी नेपालले जुन १० लाओससँग पनि उसैको घरेलु मैदानमा छनोट खेल खेल्नेछ ।   
 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्