site stats
बाह्रखरी :: Baahrakhari
खेल
आईसीसी यू–१९ टी–२० महिला विश्वकप : टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र बंगलादेशबीचको खेल सुरु भएको छ । 

मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेर बंगलादेशकी कप्तान सुमैया अक्तरले पहिला बलिङ गर्ने निर्णय गरेकी हुन् । 

नेपाली युवा टोलीमा कप्तान पूजा महतासँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृसना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन् । 

नेपालले महिला विश्वकपमा पहिलोपटक सहभागिताको मौका पाएको हो । नेपालले बंगलादेशलाई पराजित गर्न सके प्रतियोगिताको सुखद् सुरुआत हुनेछ ।

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्