काठमाडौं । असोज लागेसँगै देशभरको तापक्रम बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सेप्टेम्बरमा १५ भन्दा धेरै ठाउँको तापक्रममा ‘रेकर्ड ब्रेक’ भएको छ ।
आज काठमाडौंको तापक्रमले सेप्टेम्बरमा मापन गरिएको अहिलेसम्मको रेकर्ड ब्रेक गरेको छ । सेप्टेम्बर २२ (हिजो)मा काठमाडौंको अधिकतम तापक्रम ३२.५ डिग्री सेल्सियस मापन गरिएको थियो । आज बढेर ३३.२ डिग्री सेल्सियस पुगेको छ । जुन काठमाडौंमा सेप्टेम्बर महिनामा मापन गरिएको अहिलेसम्मकै धेरै तापक्रम हो ।
यसअघि, काठमाडौंमा सेप्टेम्बर महिनामा सबैभन्दा धेरै तापक्रम सन् २०१२ सेप्टेम्बर ८ मा ३२.३ डिग्री सेल्सियस मापन गरिएको विभागका मौसमविद् सुदर्शन हुमागाईंले जानकारी दिए ।
उनका अनुसार, विगतका वर्षको तुलनामा यसपालि सेप्टेम्बरमा सिरहाको लहान, काठमाडौं, भक्तपुरको चाँगुनारायण, धनकुटा, डडेलधुरा, सिन्धुपाल्चोकको बाह्रबिसे, ललितपुरको खुमलटार, ताप्लेजुङलगायत स्टेसनमा बढी तापक्रम मापन गरिएको छ ।
आज (असोज ७ गते) कुन ठाउँको तापक्रम कति ?
| स्टेसन | अधिकतम तापक्रम | न्यूनतम तापक्रम |
| दिपायल | ३५.५ | २३.२ |
| डडेल्धुरा | २८ | १७.३ |
| धनगढी | ३७.१ | २७ |
| वीरेन्द्रनगर | ३५.६ | २३.४ |
| नेपालगन्ज | ३६.४ | २७.५ |
| रकम | २९.६ | १३.९ |
| घोराही | ३४.८ | २५ |
| पोखरा | ३३.२ | २३.४ |
| भैरहवा | ३६.६ | २७.७ |
| सिमरा | ३६.७ | २७.४ |
| काठमाडौं | ३३.२ | २०.४ |
| ओखलढुंगा | ३०.६ | २१ |
| ताप्लेजुङ | २९.४ | १८.२ |
| धनकुटा | ३४ | २१.२ |
| विराटनगर | ३७.२ | २८.२ |
| जोमसोम | २५ | १३.५ |
| धरान | ३७.५ | २६.४ |
| लुम्ले | २९ | १९.२ |