site stats
बाह्रखरी :: Baahrakhari
खेल
विश्वकप खेल्ने नेपाली टोली घोषणा 

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो । रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। टिममा अनिल शाह, सागर ढकाल र कमलसिंह ऐरीले मौका पाएका छन् ।

ट्वान्टी–२० विश्वकप आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजका विभिन्न सहरहरूमा आयोजना हुँदै छ । जुन २९ सम्म सञ्चानल हुने प्रतियोगिताको यस संस्करणमा नेपालसँगै कुल २० टिमको सहभागिता छ । 

नेपाली टिम : रोहितकुमार पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, करण केसी, सोमपाल कामी, ललितनारायण राजवंशी, प्रतिश जीसी, अविनाश बोहरा, सन्दीप जोरा, सागर ढकाल, कमलसिंह ऐरी

can-1714568653.jpg
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्