site stats
बाह्रखरी :: Baahrakhari
देश
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

देउखुरी (दाङ) । दाङमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ३९९८ नम्बरको बसले साइकललाई ठक्कर दिँदा दाङको लमही नगरपालिका–४ का ४० वर्षीय हरिप्रसाद पौडेलको मृत्यु भएको दाङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिए ।

साइकलमा यात्रा गरिरहेका पौडेललाई बसले ठक्कर दिएपछि उपचारका लागि लमही अस्पतालमा पु¥याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए । रासस

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  २२:५८
प्रतिक्रिया दिनुहोस्