site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरीको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध हुनेछन् ।

ग्लोबल आइएमई नेपालको सबै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकको नयाँ शाखा कार्यालय सञ्चालनसँगै ३५६ शाखा कार्यालय, ३७९ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार १०० भन्दाबढी सेवा केन्द्र छन् । 

बैंकले संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्