site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्यानले ‘यू–१९ महिला विश्वकप क्रिकेट’लाई लक्षित गरी सातै प्रदेशमा ‘ट्यालेन्ट हन्ट’ चलाउने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले ‘आईसीसी यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता २०२७’ लाई लक्षित गरी देशका सातै प्रदेशमा ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

क्यानको फागुन १२ र १४ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । 

“नेपालमा आयोजना हुने आईसीसी यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता २०२७ को तयारी स्वरुप मिसन २०२७ अन्तर्गत यू–१६ महिला अन्तर स्कुल क्रिकेट ट्यालेन्ट हन्ट एवं प्रशिक्षण कार्यक्रम सात वटै प्रदेशमा सञ्चालन गर्ने निर्णय गरियो,” क्यानद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । 

नेपालको घरेलु क्रिकेट संरचनालाई बलियो बनाउने योजना बमोजिम उमेर समूहको प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको (यू–१९ र यू–१६) को उमेर खुल्ने कागजपत्र, विद्यालयको शैक्षिक प्रमाणपत्रको आधारमा तथा अन्य मापदण्ड बनाई उमेर समूहको प्रतियोगितामा सहभागी गराउने निर्णय पनि क्यानले गरेको छ । 

यसको लागि आवश्यक नीति तथा कार्यक्रम तयार गरी कडाइका साथ कार्यान्वयन गर्ने क्यानले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १५:२८
प्रतिक्रिया दिनुहोस्