साहित्य
काठमाडौं । ‘चूडामणि रेग्मी झर्रो शैली सम्मान’ यसपटक कवि राजेश ढुंगानालाई प्रदान गरिने भएको छ ।
पूर्वका मोतीराम भनेर चिनिने साहित्यसाधक चूडामणि रेग्मीका नाममा स्थापित सम्मान ढुंगानालाई प्रदान गरिने भएको हो । यो सम्मान पूर्वको सम्मानित साहित्यिक सम्मान मानिन्छ ।
विगत साढे चार दशकदेखि कविता विधामा क्रियाशील ढुंगानाका सयौँ कविताहरू फुटकर रूपमा प्रकाशित छन् । उनको एकमात्र कवितासंग्रह ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ प्रकाशित छ ।
२५ हजार नगद राशीसहितको यो सम्मान आउँदो पुस २६ गते झापामा आयोजना गरिने कार्यक्रमकाबीच प्रदान गरिने जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८० १२:५२
प्रतिक्रिया दिनुहोस्