site stats
बाह्रखरी :: Baahrakhari
देश
बीपी राजमार्ग खुलाउन निर्माणकार्य तीव्र, भोलिसम्म पूर्णरूपमा खुल्ने (तस्बिरहरू)

काठमाडौं । असोज १७ र १८ गतेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बीपी राजमार्गअन्तर्गतको सडकखण्ड खुलाउन मर्मत कार्य तीव्र पारिएको छ ।

रोशी खोलाको बाढीले गत वर्ष मर्मत गरिएको डाइभर्सनसमेत बगाएपछि बीपी राजमार्ग पूर्णरूपमा बन्द भएको थियो ।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार, राजमार्गका विभिन्न प्याकेजमा डाइभर्सन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

प्याकेज १ अन्तर्गत दाप्चा पुल, चारसयबेँसी, कटुञ्जे घुमाउने खण्डको डाइभर्सन निर्माण कार्य सम्पन्न भएको छ । चौकीडाँडा क्षेत्रमा डाइभर्सन निर्माणको काम आज (बिहीबार) नै सकिने नबकान्तिपुर जोइन्ट भेन्चरका प्रतिनिधि जनक भट्टले जानकारी दिए ।

प्याकेज २ अन्तर्गत गिम्दीबेँसीदेखि डल्लाबेँसीसम्मको डाइभर्सन सडक पनि आजै सम्पन्न हुने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

प्याकेज ३ अन्तर्गत सुख्खा पहिरो देखि माम्तीसम्मको डाइभर्सन सडक निर्माण भोलि (शुक्रबार) सम्म सक्ने र त्यसपछि राजमार्ग पूर्णरूपमा सञ्चालनमा आउने डिभिजन सडक भक्तपुरले जनाएको छ ।

हेर्नुहोस तस्बिरहरू

BP-Highway-(15)-1760000635.jpg

BP-Highway-(14)-1760000631.jpg

BP-Highway-(13)-1760000630.jpg

BP-Highway-(11)-1760000627.jpg

BP-Highway-(8)-1760000626.jpg

BP-Highway-(9)-1760000626.jpg

BP-Highway-(10)-1760000626.jpg

BP-Highway-(5)-1760000625.jpg

BP-Highway-(6)-1760000625.jpg

BP-Highway-(7)-1760000625.jpg

BP-Highway-(3)-1760000624.jpg

BP-Highway-(4)-1760000624.jpg

BP-Highway-(1)-1760000622.jpg

BP-Highway-(2)-1760000622.jpg

 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्