काठमाडौं । चैत १५ गते कोटेश्वरस्थित भाटभटेनीलाई लुटपाट र तोडफोडबाट जोगाउने सुरक्षागार्डलाई सम्मान गरिएको छ ।
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले बुधबार सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई पाँच लाख एक हजार १११ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेका हुन् । उनको पाँच ग्रेड बढुवा पनि गरिएको छ ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले प्रदर्शन गरेका थिए । प्रदर्शनले उग्ररूप लिएपछि दुई जनाको ज्यान गएको थियो । प्रहरीले प्रदर्शनलाई तितरबितर पारेपछि एक समूहले कोटेश्वरस्थित भाटभटेनीमा गएर लुटपाट गरेको थियो ।
लुटपाट गर्ने समूहलाई सुरक्षागार्ड पराजुलीसहिको टोलीले प्रतिकार गरेको थियो । सुरक्षागार्डले लाठीचार्ज गरेको भिडियो फुटेज बाहिरिएपछि उनीहरूको प्रशंसा भएको थियो ।
हेर्नुहोस् तस्बिरहरू
-1743570400.jpg)
-1743570401.jpg)
-1743570407.jpg)
-1743570406.jpg)
-1743570404.jpg)
-1743570404.jpg)
-1743570403.jpg)
-1743570403.jpg)
-1743570405.jpg)
-1743570405.jpg)
-1743570403.jpg)
-1743570402.jpg)
-1743570401.jpg)
-1743570400.jpg)
-1743570402.jpg)
-1743570402.jpg)
-1743570402.jpg)
-1743570440.jpg)
-1743570440.jpg)
-1743570406.jpg)