site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
देवी दुर्गाको मूर्ति विसर्जन (तस्बिरहरू)

काठमाडौं । शक्तिस्वरूपा देवी दुर्गाको नौ दिने पूजाआराधना आज गौशालास्थित तिलगंगा आँखा अस्पतालको प्रांगणमा विधिपूर्वक समापन गरिएको छ । आजै महिषासुरमाथि सवार दुर्गाको मूर्तिसहित अन्य देवीदेवताका मूर्ति नदी किनारमा विसर्जन गरिएको छ ।

पूजाको अवधिभर भजनकीर्तन, नाचगान र सांस्कृतिक कार्यक्रम गरिएको थियो । स्त्री शक्तिका रूपमा श्रद्धा अर्पण गरिने यो पर्व महिषासुरमाथि दुर्गाले विजय प्राप्त गरेको उपलक्ष्यमा विशेषरूपमा मनाइन्छ ।

दशौँ दिनमा पूजा सकेर एघारौँ दिनमा मूर्ति विसर्जन गर्ने परम्परा छ ।

रामबाबु कुमार प्रजापतिका अनुसार, देवी दुर्गाको मूर्तिसँगै गणेश, कार्तिकेय, लक्ष्मी र सरस्वतीलगायतका देवीदेवताका मूर्तिलाई पनि सँगै नदीमा विसर्जन गरिन्छ ।

हेर्नुहोस् तस्बिर

Durga-Murti-(10)-1759504610.jpg

Durga-Murti-(1)-1759504610.jpg

Durga-Murti-(8)-1759504609.jpg

Durga-Murti-(8)-1759504609.jpg

Durga-Murti-(6)-1759504608.jpg

Durga-Murti-(7)-1759504608.jpg

Durga-Murti-(4)-1759504607.jpg

Durga-Murti-(5)-1759504607.jpg

Durga-Murti-(3)-1759504606.jpg

Durga-Murti-(9)-1759504609.jpg

 

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२  २१:०३
प्रतिक्रिया दिनुहोस्