काठमाडौं । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएको छ ।
दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीका दिन मान्यजनबाट लगाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ ।
नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
आफन्तकोमा दसैँको दिन टीका लगाउन छुटेकाले कोजाग्रत पूर्णिमा सम्म नै मान्यजनको हातबाट टीका लगाउन सक्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
आफ्नो घरमा टीका लगाएसँगै सर्वसाधारण आफन्तकोमा लगाउन जान थालेका छन् । अहिले बिस्तारै काठमाडौंका सडकमा चहलपहल बढेको छ ।
हेर्नुहोस् तस्बिरहरू
-1759395766.jpg)
-1759395767.jpg)
-1759395767.jpg)
-1759395766.jpg)
-1759395766.jpg)
-1759395765.jpg)
-1759395765.jpg)
-1759395764.jpg)
-1759395764.jpg)
-1759395763.jpg)
-1759395763.jpg)
-1759395762.jpg)
-1759395762.jpg)
-1759395761.jpg)
-1759395760.jpg)
-1759395762.jpg)
-1759395760.jpg)
-1759395758.jpg)
-1759395758.jpg)
-1759395758.jpg)
-1759395757.jpg)
-1759395757.jpg)
-1759395754.jpg)
-1759395755.jpg)
-1759395755.jpg)
-1759395754.jpg)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी