site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सुरु भयो इन्द्रजात्रा, हनुमानढोकामा जे देखियो (तस्बिरहरू)

काठमाडौं । हनुमानढोकाको कालभैरव मूर्तिको अगाडि इन्द्रध्वज (लिंगो) उठाएर इन्द्रजात्रा सुरु भएको छ । इन्द्रध्वज उठाएलगत्तै लाखे आजु, पुलुकिसी, भैरव र अन्य सबै देवगणलाई बाहिर निकालेर जात्रामा सहभागी गराइन्छ ।

शनिबार इन्द्रजात्राको मुख्य दिन हो । त्यसदिन वसन्तपुरबाट देवी कुमारी, भैरव र गणेशको रथयात्रा गरिन्छ । इन्द्रजात्रालाई देवताहरूको जात्रा पनि भनिन्छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले यस वर्षको इन्द्रजात्रामा विगतभन्दा केही फरक कार्यक्रम समावेश गरिएको बताए । यस वर्ष भिडियो डकुमेन्ट्री प्रतियोगिता, सम्पदा पदयात्रा, मेड इन काठमाडौंमार्फत माटाका सामान बनाउने कलाको प्रत्यक्ष प्रदर्शनी र तस्बिर प्रदर्शन गरिने उनको भनाइ छ ।

इन्द्रजात्राका लागि रथयात्राअन्तर्गत भदौ २२ गते माथिल्लो टोलमा रथयात्रा, भदौ २६ गते बिहीबार नानिचा यात्रा हुनेछ ।

Indra-Jatra-(12)-1756970087.jpg

Indra-Jatra-(9)-1756970085.jpg

Indra-Jatra-(10)-1756970086.jpg

Indra-Jatra-(11)-1756970086.jpg

Indra-Jatra-(6)-1756970085.jpg

 

Indra-Jatra-(8)-1756970085.jpg

Indra-Jatra-(3)-1756970084.jpg

Indra-Jatra-(4)-1756970084.jpg

Indra-Jatra-(5)-1756970084.jpg

Indra-Jatra-(2)-1756970083.jpg

Indra-Jatra-(1)-1756970083.jpg

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्