काठमाडौं । साउनको पहिलो सोमबार आज देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ । देशको प्रमुख शिवालय पशुपतिनाथसहितका मन्दिरमा व्रतालुको घुइँचो लागेको छ ।
यसबीच काठमाडौंको हनुमानढोकास्थित महादेव मन्दिरमा पनि भक्तजनको बाक्लो उपस्थिति छ ।
साउन महिनाको सोमबार वैदिक सनातन हिन्दु धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् । साउने सोमबारका अवसरमा विशेष गरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् ।
हेर्नुहोस् तस्बिरहरू
-1753077287.jpg)
-1753077287.jpg)
-1753077287.jpg)
-1753077286.jpg)
-1753077286.jpg)
-1753077285.jpg)
-1753077285.jpg)
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: सोमबार, साउन ५, २०८२ ११:४६
प्रतिक्रिया दिनुहोस्