काठमाडौं । नेपालको सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमै पराजित भएको छ । चर्चलाई हराउँदै भुटानी लिग च्याम्पियन पारो एफसीले प्रतियोगिताको समूह चरणमा स्थान निश्चित गरेको हो ।
मंगलबार घरेलु समर्थकमाझ भएको खेलमा चर्च ब्वाइज भुटानी क्लबविरुद्ध २–१ ले स्तब्ध बन्यो ।
-1723562061.jpg)
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सुरुआती अग्रता भने चर्चले बनाएको थियो । लाकेन लिम्बुले ३८औँ मिनेटमा गोल गर्दै चर्चलाई अग्रतामा राखेका थिए । तर, चर्चको अग्रता लामो समय टिक्न सकेन ।
चर्चले गोल गरेको अर्को मिनेटमा नै पारो खेलमा फर्कियो । पारोका किंगा वाङचुकले गोल गर्दै भुटानी लिग च्याम्पियन पारोलाई खेलमा फर्काएका थिए ।
-1723562077.jpg)
६७औँ मिनेटमा विलियम ओपोकु अैसेडुले गोल गर्दै पारोलाई २–१ को अग्रतामा राखे । भुटानी गोलकिपरबाट आएको बल चर्चका रक्षकले क्लियर गर्न नसक्दाको फाइदा उठाउँदै ओपोकुले १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।
यही गोल निर्णायक बन्दा पारोले नौ हजार ८७३ जना समर्थकमाझ चर्च ब्वाइजलाई निराश बनाउँदै प्रतियोगिताको आगामी चरणमा स्थान सुनिश्चित गरेको हो ।
-1723562079.jpg)
-1723562076.jpg)
-1723562073.jpg)
-1723562072.jpg)
-1723562071.jpg)
-1723562069.jpg)
-1723562068.jpg)
-1723562067.jpg)
-1723562066.jpg)
-1723562063.jpg)
-1723562062.jpg)
-1723562060.jpg)
-1723562081.jpg)
-1723562078.jpg)
-1723562085.jpg)
-1723562083.jpg)
-1723562067.jpg)
-1723562061.jpg)
-1723562062.jpg)
-1723562086.jpg)
-1723562083.jpg)
-1723562081.jpg)
-1723562064.jpg)
-1723562064.jpg)
-1723562059.jpg)
-1723562059.jpg)